२४ जेठ २०८३, आइतबार

गर्लफ्रेन्ड र श्रीमतीलाई कसरी खुसी राख्ने ? पार्टनरलाई खुसी राख्ने यस्ता छन् उपाय

फागुन १, २०८२
काठमाडौं
गर्लफ्रेन्ड र श्रीमतीलाई कसरी खुसी राख्ने ? पार्टनरलाई खुसी राख्ने यस्ता छन् उपाय

धेरैजसो पुरुष आफ्नो प्रेम सम्बन्धलाई कसरी अझ राम्रो बनाउने भन्ने अन्योलमा रहने गर्छन् । दुवै जना सुखद रूपमा बस्न विभिन्न व्यक्तिसँग सल्लाह पनि लिन्छन् । तर सम्बन्धमा साना–साना कुरामा ध्यान दिएर र सोच्ने दृष्टिकोणमा केही परिवर्तन गरेर जो–कोहीले पनि आफ्ना पार्टनरलाई खुसी राख्न सक्छन् र सम्बन्धलाई अझ सुन्दर बनाउन सक्छन् ।

आफ्ना पार्टनरलाई खुसी राख्ने पाँच महत्त्वपूर्ण उपाय  

१. पार्टनर फरक हुन सक्छन्
धेरै पुरुषहरू “म उनको ठाउँमा भए यस्तो गर्ने थिइनँ” वा “उनी किन यसरी सोच्दिन्छिन् ?” भन्ने सोचेर चिन्तित हुन्छन् । यस्तो सोच त्याग्नु आवश्यक छ । सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा भनेको आफ्नो पार्टनर आफूभन्दा फरक व्यक्ति हुन् भन्ने स्वीकार गर्नु हो ।

हरेक व्यक्तिको जीवनशैली र सोच्ने तरिका फरक हुन्छ । त्यसैले आफ्नो पार्टनरलाई आफूजस्तै बनाउन खोज्नुको सट्टा उनी कसरी फरक छन् भन्ने बुझ्न समय लगाउनु पर्छ । फरकपन बुझ्न सकेपछि मात्रै सम्बन्धलाई सही ढंगले अघि बढाउन सकिन्छ ।

२. झुक्नु कमजोरी होइन, फाइदा हो
धेरै पुरुष पार्टनरको कुरा मान्नु वा सम्बन्धमा कहिलेकाहीँ झुक्नु कमजोरी हो भन्ने सोच राख्छन् । साथीहरूले के भन्लान् भन्ने डर पनि उनीहरूमा हुन्छ ।

तर यस्तो सोचबाट बाहिर निस्कनु आवश्यक छ । सम्बन्ध सुधार गर्नु वा पार्टनरलाई बुझ्नु आफ्नै फाइदाका लागि हो । सम्बन्ध राम्रो चल्दा त्यसको प्रत्यक्ष लाभ आफैँलाई हुन्छ । यसलाई हार मान्नु होइन, जीवनमा खुसी ल्याउने सकारात्मक लगानीका रूपमा हेर्नुपर्छ ।

३. सन्देशको शक्ति बुझ्नुहोस्
सीमा आनन्दका अनुसार संवादका विषयमा महिलाहरू प्रायः विस्तृत कुराकानी मन पराउँछन् । जहाँ पुरुषहरू सन्देशलाई सीधा अर्थमा लिन्छन्, त्यहीँ महिलाहरूले पूर्णविराम र अल्पविरामसम्मको अर्थ निकाल्न सक्छन् । धेरै पुरुषहरू आमनेसामने कुरा गर्न हिचकिचाउँछन्  । त्यसैले ह्वाट्सएप वा टेक्स्ट सन्देश उनीहरूका लागि उपयोगी माध्यम बन्न सक्छ ।

लेखेर आफ्ना भावना व्यक्त गर्न सजिलो हुन्छ । सन्देशमार्फत पार्टनरसँग रमाइलो संवाद गर्नुहोस्, हल्का फ्लर्ट गर्नुहोस् र आफ्ना भावना स्पष्ट रूपमा व्यक्त गर्नुहोस् ।

४. नयाँ रुचि विकास गर्नुहोस्
कुराकानीलाई रोचक बनाउन पुरुषहरूले विभिन्न विषयमा रुचि राख्नुपर्छ । उदाहरणका लागि धेरैजसो पुरुषहरू काम वा विद्यालयबाट फर्किएपछि “केही छैन” भनेर कुरा टुंग्याउँछन्, जबकि महिलाहरू विस्तृत रूपमा कुरा गर्न रुचाउँछन् ।

यदि तपाईं राम्रो संवादकर्ता बन्न चाहनुहुन्छ भने नयाँ–नयाँ विषयमा रुचि विकास गर्नुहोस् र नयाँ कुरा सिक्नुहोस् । पार्टनरसँग बाँड्न केही विशेष कुरा हुन्छ भने सम्बन्ध कहिल्यै नीरस हुँदैन ।

५. अनुमान नगर्नुहोस्, सीधा प्रश्न सोध्नुहोस्
सम्बन्धमा सबैभन्दा ठूलो समस्या अनुमानका कारण उत्पन्न हुन्छ । त्यसको सट्टा संवादलाई बलियो बनाउनुपर्छ । सम्बन्धमा कुनै समस्या आएको छ भने अनुमान लगाउनुको सट्टा खुलेर कुरा गर्नुहोस् । धेरैजसो सम्बन्धमा समस्या केवल संवादमार्फत समाधान हुन्छ ।

सम्बन्धमा उतार–चढाव स्वाभाविक हुन् । त्यसैले धैर्य र शान्तिका साथ परिस्थितिलाई सम्हाल्नु आवश्यक हुन्छ ।


 

salt training

कमेन्ट गर्नुहोस्