०९ असार २०८३, मंगलबार

श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु, ३ घाइते

फागुन १, २०८२
काठमाडौं
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु, ३ घाइते

श्रीलङ्काको पूर्वी प्रान्तको वालाइचेनाई शहरमा शुक्रबार जङ्गली हात्ती प्रवेश गरी मानिस र सम्पत्तिमा आक्रमण गरेपछि ६८ वर्षीया महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जङ्गली हात्ती वालाइचेनाईका केही गाउँहरूमा प्रवेश गरी बासिन्दाहरूलाई भागाभाग पारेको थियो ।

एउटा हात्तीले आक्रमण गरेपछि खाना बेच्ने महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल वन्यजन्तु र कानून प्रवर्तन अधिकारीहरूले हात्तीलाई जङ्गलमा फिर्ता गरी सकेको प्रहरीले बताएको छ ।

पछिल्लो समयमा श्रीलङ्कामा हात्ती आक्रमण एउटा गम्भीर समस्या भनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्