२६ जेठ २०८३, मंगलबार

सिड्नीको ढल प्रणालीमा  विशाल फोहोरको डल्लो फेला

फागुन १, २०८२
काठमाडौं
सिड्नीको ढल प्रणालीमा  विशाल फोहोरको डल्लो फेला

अस्ट्रेलियाको सिड्नीस्थित मलाबार फोहोरमैला प्रशोधन केन्द्रको मुनि करिब चारवटा बसको आकार जत्रो एउटा विशाल चिल्लो, तेल र फोहोर भएको थुप्रो फेला परेको छ।

 सिड्नी वाटरले पुष्टि गरे अनुसार यो विशाल अवरोध एउटा यस्तो सुरुङभित्र थियो, जहाँ सुरक्षाका कारण मानिस पुग्न असम्भव प्रायः छ। 

सन् २०२४ देखि सिड्नीका विभिन्न समुद्री किनारहरूमा रहस्यमय रूपमा देखा परिरहेका काला डल्लाहरूको स्रोत यही फ्याटबर्ग भएको विश्वास गरिएको छ।

सुरुमा ती काला डल्लाहरू तेल चुहिएर बनेको जस्तो देखिए पनि न्यु साउथ वेल्स विश्वविद्यालयको प्रयोगशालामा गरिएको परीक्षणले त्यसमा मानवीय मलमूत्र र चिल्लो पदार्थ रहेको पत्ता लगाएको समाचारमा उल्लेख छ। सिड्नी वाटरका प्रबन्ध निर्देशक डेरेन क्लेरीका अनुसार सुरुङभित्र पानीको तीव्र बहावले उक्त विशाल फ्याटबर्गको सतहबाट साना टुक्राहरू उक्काएर बगाउने गरेको र ती नै समुद्री किनारसम्म पुग्ने गरेका हुन्।

उनले यो अवरोध ठ्याक्कै कत्रो छ भनेर यकिन गर्न नसकिए पनि यसको फैलावट चारवटा बस जत्रो हुन सक्ने उनले बताएका छन्।
यस समस्यालाई पूर्ण रूपमा समाधान गर्न सिड्नी वाटरले मलाबार प्रशोधन केन्द्रको प्रणालीलाई आधुनिक बनाउने योजना सार्वजनिक गरेको छ। झन्डै २ अर्ब डलर खर्च हुने अनुमान गरिएको यो बृहत् परियोजना सम्पन्न हुन करिब १० वर्ष लाग्ने बताइएको छ।

अधिकारीहरूले समुद्री किनारमा फोहोरका डल्लाहरू आउने क्रम तत्कालै नरोकिन सक्ने भन्दै यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति माफी समेत मागेका छन्।

salt training

कमेन्ट गर्नुहोस्