१६ असार २०८३, मंगलबार

डोनाल्ड ट्रम्पले भने- इरानमा सत्ता परिवर्तन नै उत्तम विकल्प

फागुन २, २०८२
काठमाडौं
डोनाल्ड ट्रम्पले भने- इरानमा सत्ता परिवर्तन नै उत्तम विकल्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान शासन व्यवस्थामा परिवर्तन आउनु नै सबैभन्दा राम्रो कुरा हुने बताएका छन्। 

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानसँग विगत ४७ वर्षदेखि केवल कुरा मात्र भइरहेको र यसबीचमा धेरैले ज्यान गुमाउनुपरेको टिप्पणी गरे ।

उनले इरानको नेतृत्व कसले सम्हाल्नुपर्छ भन्नेबारे स्पष्ट नखुलाए पनि त्यहाँ नेतृत्व लिन सक्ने सक्षम व्यक्तिहरू रहेको संकेत गरे। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले भने ट्रम्पको यस पछिल्लो भनाइप्रति हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । 
यसैबीच, इरानलाई आणविक सम्झौताका लागि दबाब दिन अमेरिकाले मध्यपूर्वमा आफ्नो दोस्रो विमानवाहक युद्धपोत पठाएको छ। विश्वकै सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड क्यारिबियन क्षेत्रबाट छिट्टै मध्यपूर्व प्रस्थान गर्ने ट्रम्पले जानकारी दिएका छन् ।

 यो युद्धपोत यसअघि नै त्यस क्षेत्रमा तैनाथ यूएसएस अब्राहम लिंकनसँगै सहभागी हुनेछ। अमेरिकाले इरानमा भइरहेको आन्दोलनमाथिको सरकारी दमन रोक्न र आफ्नो सैन्य उपस्थिति बलियो बनाउन यो कदम चालेको हो।

बुधबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछि ट्रम्पले इरानसँग वार्ता जारी रहने बताएका थिए। यद्यपि, उनले इरानलाई पहिलेको भन्दा राम्रो सम्झौता गर्न चेतावनी दिएका छन्।

अमेरिकाले इरानलाई युरेनियम संवर्धन रोक्न दबाब दिइरहेको छ भने इजरायलले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र हमास तथा हिजबुल्लाह जस्ता समूहहरूलाई दिइने समर्थन बन्द हुनुपर्ने माग राख्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्