१२ असार २०८३, शुक्रबार

नोबेल विजेता मोहम्मदीलाई अर्को जेलमा सारियो

फागुन २, २०८२
काठमाडौं
नोबेल विजेता मोहम्मदीलाई अर्को जेलमा सारियो

नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि इरानले पूर्व चेतावनी नदिई देशको उत्तरी भागको जन्जान जेलमा स्थानान्तरण गरेको छ। उहाँलाई डिसेम्बर १२ मा मशहादमा एक अन्त्येष्टि समारोहमा इस्लामिक धार्मिक नेतृत्वविरुद्ध बोलेको आरोपमा पक्राउ गरिएको थियो।

मोहम्मदीले हालैको सरकारविरोधी आन्दोलनमा नागरिकलाई उक्साएको आरोप पनि लागेको थियो। यसअघि उहाँले भोक हडताल गर्नुभएको थियो। नर्वेली नोबेल समितिले हिरासतमा भएको ‘शारीरिक दुव्र्यवहार र जीवन–खतरापूर्ण व्यवहार’ प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

उहाँलाई डिसेम्बर ७ मा राष्ट्रिय सुरक्षा हानि र इरानी इस्लामिक प्रणालीविरुद्ध प्रचार गरेको आरोपमा थप जेल सजाय सुनाइएको थियो। स्वास्थ्य खराब भएपछि उहाँलाई अस्पताल सारिएको थियो तर उपचार पूरा हुनु अघि नै जेल फर्काइएको छ।

विगत २५ वर्षमा मोहम्मदीलाई मृत्युदण्ड र महिलाका लागि अनिवार्य ड्रेस कोड विरोध अभियोजनका आरोपमा बारम्बार मुद्दा चलाइएको र जेल गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्