०७ असार २०८३, आइतबार

भरुवा बन्दुकसहित २ जना पक्राउ

फागुन ३, २०८२
तनहुँ
भरुवा बन्दुकसहित २ जना पक्राउ

तनहुँको देवघाट गाउँपालिका ४ बाट भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही गाउँपालिका ४ सार्वाङ बस्ने ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।

उनीहरूलाई प्रहरीले २ थान भरुवा बन्दुकसहित आइतबार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्