०३ असार २०८३, बुधबार

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

फागुन ४, २०८२
झापा
जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागुऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो ।

सो अवसरमा प्रहरीले उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई–छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो ।

घटनामा संलग्न सौगात भने फरार रहेका प्रवक्ता खड्काले जानकारी दिए ।

लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्