
काठमाडौंको नागढुङ्गाबाट पेस्तोल र ४ राउन्ड गोलीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरी छन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पेस्तोल बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार पुरीलाई यही फागुन १ गते साँझ ५ बजेको समयमा नागढुङ्गास्थित चेक प्वाइन्टमा पक्राउ गरिएको हो ।
थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए ।