०८ असार २०८३, सोमबार

झण्डै दुई दशकपछि बंगलादेशको सत्तामा बीएनपीको पुनरागमन, रहमानले आज प्रधानमन्त्रीको शपथ लिने

फागुन ५, २०८२
काठमाडौं
झण्डै दुई दशकपछि बंगलादेशको सत्तामा बीएनपीको पुनरागमन, रहमानले आज प्रधानमन्त्रीको शपथ लिने

बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) लगभग दुई दशकपछि आज सत्तामा फर्कँदैछ। तारिक रहमानले केही समयपछि ढाकास्थित राष्ट्रिय संसद् भवनको दक्षिण प्लाजामा प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन् । शपथ ग्रहण समारोहको तयारी लगभग पूरा भएको बंगादेशी सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार नवनिर्वाचित बीएनपी सांसदहरू आफ्नो शपथ ग्रहण समारोहअघि संसद् भवन परिसरमा आइपुग्न थालेका छन् । 

मुख्य समारोह दिउँसो ४ बजे शुरू हुनेछ। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमान र उनको प्रारम्भिक मन्त्रिपरिषद्लाई पदको शपथ ग्रहण गराउने छन् । 

शपथ ग्रहण समारोहका लागि १३ देशहरूलाई आधिकारिक निमन्त्रणा पठाइएको छ, जसमा भारत, चीन र पाकिस्तान र नेपाललगायत छन् । नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सपथ समारोहमा सहभागी हुनेछन् । त्यसका लागि उनी ढाका प्रस्थान गरेका छन् । 

भारतबाट लोकसभाका सभामुख ओम बिर्ला सहभागी हुने भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ । त्यसैगरी पाकिस्तानबाट योजना तथा विकास मन्त्री असन इक्वा सहभागी हुने पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । 

बीएनपी नेतृत्वको गठबन्धनले ३०० सदस्यीय राष्ट्रिय संसद्‌मा २१२ सिट जितेर दुई तिहाइ बहुमत हासिल गरेको छ।


 

salt training

कमेन्ट गर्नुहोस्