
काठमाडौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् ।
वीरगञ्जबाट काठमाडौं आइरहेको यात्रुवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका ६ का आँसु साबको झोला जाँच गर्दा गैरकानूनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।
चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय समक्ष पेस गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।