०७ असार २०८३, आइतबार

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालक पक्राउ

फागुन ५, २०८२
काठमाडौं
पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालक पक्राउ

पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनलाई मंगलबार दिउँसो काठमाडौंको भोटाहिटीबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ४२ वर्षीय पारस बम रहेका छन् ।

उनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, एसपी नरेशराज सुवेदीले लोकान्तरलाई जानकारी दिए । 

एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी शुरू गरेको थियो । 

प्रहरीका अनुसार यो घटना गत शनिबारको हो । बमले महाराजगञ्ज चप्पल कारखाना नजिकै ती सहयोगापेक्षी ती व्यक्तिलाई कारबाट झरेर मुक्का प्रहार गरेका थिए । ती व्यक्तिले आफूलाई अपशब्द बोलेको भन्दै मुक्का प्रहार गरेका थिए । 

सामाजिक सञ्जालमा भाइरल भिडियोमा कारबाट झरेका बमले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

त्यसपछि कार चालकले फेरि ती पैदलयात्रीलाई कुटेका छन् । उक्त भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्