२७ असार २०८३, शनिबार

टी–२० विश्वकप : सोमपालको उत्कृष्ट बलिङ, स्कटल्याण्डद्वारा नेपाललाई १७१ रनको लक्ष्य

फागुन ५, २०८२
काठमाडौं
टी–२० विश्वकप : सोमपालको उत्कृष्ट बलिङ, स्कटल्याण्डद्वारा नेपाललाई १७१ रनको लक्ष्य

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ समूह ‘सी’ को खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ। 

मुम्बईको वानखेडे स्टेडियममा मंगलबार टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो।
स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७१ रनको योगदान दिए। उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर जर्ज मुन्सेले २७ रन बनाए भने ब्रान्डन म्याकमुलनले २५ रन जोडे। 

एक समय १० ओभरमा ८० रन जोडेर बलियो स्थितिमा देखिएको स्कटल्याण्डलाई नेपाली बलरहरूले अन्त्यतिर दबाबमा राख्न सफल भए।

नेपालका लागि अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गर्दै खेललाई नियन्त्रणमा लिए। सोमपालले आफ्नो ४ ओभरको स्पेलमा मात्र २५ रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए। 

उनलाई साथ दिँदै नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले पनि १–१ विकेट झार्न सफल भए। स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भने विकेटविहीन रहे।

खेलको पछिल्लो ५ ओभरमा नेपाली बलरहरू हाबी भए । जहाँ स्कटल्याण्डले मात्र ३९ रन जोड्दा ६ विकेट गुमाएको थियो। 

स्कटल्याण्डका कप्तान रिचर्ड बेरिंगटन १० रनमा आउट भए भने मार्क वाटले अन्त्यमा ४ बलमा १० रनको सानो तर उपयोगी पारी खेले।
नेपालले केही बेरमा आफ्नो ब्याटिङ सुरु गर्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्