
एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर शुरू गरेको छ । जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँ छुट पाउने छन् ।
फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा, ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँ छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमाण्डुमा १ हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ ।
एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्नेछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एक भन्दाबढी १५० रुपैयाँ छुटका कुपनहरू प्राप्त गर्दछन् ।
यसरी प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप https://foodmandu.app.link/appfmd वा आधिकारिक वेबसाइट https://foodmandu.com मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहने छ । यो कुपन अरू कसैलाई दिन पाइँदैन, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्यूवल प्याक, सापटी प्याक र गिफ्ट प्याक खरिदमा लागू हुने छैन ।