
ललितपुरको सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार एनसेल एआईटीएम कार्निभल आयोजना हुँदैछ ।
युवा लक्षित यो विशेष कार्यक्रममा गीतसंगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।
आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगीतिक प्रस्तुति रहनेछन् । उनीहरूको लाइभ कन्सर्टका साथ अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिको आयोजना हुनेछ ।
कार्यक्रममा सहभागी दर्शकका लागि विभिन्न रमाइला खेल, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कारको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा एनसेलको आफ्नो युवा सिमको विषेश स्टल पनि रहने छ जहाँ आगन्तुकले यो विषेश सिमका साथै एकदिने अनलिमिटेड प्याकमा ५० प्रतिशत छुटको सुविधा पाउनेछन् ।
यो कार्निभलमा एनसेल प्रमुख प्रायोजक रहेको छ । विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफर पनि कार्निभलको आकर्षणका रूपमा रहनेछन् ।
एआईएमटी कलेजले यस कार्निभलमार्फत विद्यार्थी र युवालाई संगीत, उत्साह र अवसरको संगम एकै स्थानमा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।