
प्रहरीले काठमाडौंको सीतापाईलाबाट एक हजार किलो सुपारीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएका २२ वर्षीय रामशरण बिसुङ्खे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।
‘प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सुपारी लोड भएको बाप्र ०२–०२५ च ०३९७ नम्बरको गाडी र सो गाडी चालक बिसुङ्खेलाई पक्राउ गरेको हो’, उनले भने ।
बरामद गरिएको सुपारीसहित उनलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको प्रवक्ता भट्टराईले बताए ।