१० असार २०८३, बुधबार

ट्रम्पको दाबी- ट्रम्पले इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार जना मारिए

फागुन ९, २०८२
काठमाडौं
ट्रम्पको दाबी- ट्रम्पले इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार जना मारिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार जना मारिएको दाबी गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, 'उनीहरूले निष्पक्ष सम्झौतामा पुग्नुपर्छ। इरानी जनता आफ्ना नेताहरूभन्दा धेरै फरक छन् र यो धेरै दुःखद अवस्था हो । छोटो समयमा त्यहाँ ३२,००० जना मारिएका थिए।'

इरानले ८३७ जनालाई मृत्युदण्ड दिन लागेका बेला आफूले चेतावनी दिएपछि त्यो रोकिएको उनले बताए । 

अमेरिकी राष्ट्रपतिलाई इरानमा सम्भावित आक्रमणको बारेमा पनि सोधिएको थियो। उनले इरानमा सीमित सैन्य हमला गर्ने विचार गरिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्