०९ असार २०८३, मंगलबार

तेहरानमा इरानी विद्यार्थीद्वारा पुनः सरकार विरोधी प्रदर्शन

फागुन ९, २०८२
काठमाडौं
तेहरानमा इरानी विद्यार्थीद्वारा पुनः सरकार विरोधी प्रदर्शन

इरानी विद्यार्थीहरूले हालैको प्रदर्शनको श्रृङ्खलामा मारिएका व्यक्तिहरूको पक्षमा गरिएको प्रदर्शनमा सरकार विरोधी नारा लगाएका छन् ।

विदेशबाट चल्ने र स्थानीय इरानी मिडियाले शनिबार भनेका छन्, “जब इस्लामिक धर्मगुरू नेतृत्वको विरोध गर्ने इरानी समूह र सरकारको समर्थनमा आवाज उठाइरहेका अन्य समूहबीच आमनेसामने भएपछि प्रदर्शनमा उत्रिएका इरानी विद्यार्थीले सरकारको विरोधमा नारा लगाएका छन्।”

एएफपीले तेहरानको शीर्ष इन्जिनियरिङ विश्वविद्यालयमा खिचेको बताएको भिडियोमा भीडमा झगडा भएको देखिन्छ र मानिसहरूले फारसी भाषामा ‘बी शराफ’ अर्थात् ‘अपमानजनक’ कार्य भनेर चिच्याएका देखिन्छ ।

फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेशनलले पोस्ट गरेको फुटेजमा पनि ‘शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी’मा ठूलो भीडले सरकार विरोधी नारा लगाएको देखिएको छ।

जनवरी ८ र ९ मा हजारौँ मानिसको मृत्यु भएको ४० औँ दिनमा इरानीहरूले शिया शोक परम्परा अनुसार कार्यक्रम गरेका थिए भने प्रदर्शनका सहभागीले यस हप्ता आफ्नो सरकार विरोधी नारा राजधानीमा पुनः लगाएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू शनिबार राजधानीका विभिन्न विश्वविद्यालयमा भेला भएका थिए ।

लामो समयको आर्थिक तनावका कारण डिसेम्बरमा पहिलो पटक सरकारविरोधी प्रदर्शन सुरु भएको थियो, तर सामूहिक सरकार विरोधी प्रदर्शनमा सरकारले बल प्रयोग गरेपछि यसले हिंसात्मक रूप लिएको थियो । यद्यपि आन्दोलनलाई व्यापक सुरक्षाकर्मी लगाएर दबाइएको थियो । अधिकारवादी समूहहरूले प्रदर्शनमा भएका भिडन्त र सरकारी दमनका क्रममा हजारौँको मृत्यु भएको बताएका छन् ।

प्रदर्शनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको इस्लामिक धर्मगुरूहरूले स्वीकार गरेका छन्, तर हिंसा इरानका शत्रुहरूले उक्साएको ‘आतङ्कवादी गतिविधि’ का कारण भएको बताएका छन् ।

अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए)’ ले भने प्रदर्शनकारीतर्फ सात हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

स्थानीय समाचार संस्था फार्सले भनेको छ, “मारिएकाहरूको सम्झनामा विद्यार्थीहरूको ‘मौन र शान्तिपूर्ण धर्ना’ मा इरानका सर्वोच्च नेतालाई सङ्केत गर्दै ‘तानाशाह मुर्दावाद’ लगायतका नारा लगाइरहेका समय सरकार समर्थित मानिसहरूले अवरोध पुर्याएका थिए ।”

फार्सले पोस्ट गरेको भिडियोमा मास्क लगाएका र सुट लगाएका पुरुषहरूले इरानी झण्डा हल्लाइरहेको देखिन्छ।

दुवै समूहले हिंसाका क्रममा मारिएका आफन्तको स्मरणका लागि उनीहरूका तस्वीरहरू प्लाकार्डमा समाइरहेका देखिन्थे ।

इरानका अधिकारीहरू संयुक्त राज्य अमेरिकासँग देशको परमाणु कार्यक्रमबारे सम्झौता गर्न दबाब दिइरहेका बेला यी प्रदर्शन भएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमाथि सैन्य कारबाहीको चेतावनी दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्