२४ जेठ २०८३, आइतबार

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राका लागि होली सर्भिस क्याम्प

फागुन १०, २०८२
काठमाडौं
टाटा कमर्सियल गाडीको सुरक्षित यात्राका लागि होली सर्भिस क्याम्प

होली पर्व नजिकिँदै गर्दा यातायातका साधनको प्रयोग अन्य समयभन्दा उच्च रहने गर्छ । 

सवारी साधनको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।

त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकलाई सुरक्षित यात्राको कामनासहित चाडपर्वको बेला ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले आइतबार (फागुन १०)देखि १५ गते सम्मका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ ।

उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ ।

उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्ट १.ब्रेक सिस्टम २.कुलिङ सिस्टम ३.इन्जिन हेल्थ तथा ल्यूव्रिकेशन ४. टायर/व्हील सेफ्टी, ५.इलेक्ट्रिकल सिस्टम ६.स्टेरिङ र सस्पेन्सन ७.क्लच र ट्रान्समिसन ८.क्याविन सेफ्टी ९. च्यासिस तथा अन्डरबडी चेक १०.इमरजेन्सी र सेफ्टी सम्बन्धि चेकअप सुविधा रहेका कम्पनीले जनाएको छ । 

जसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ । यदि मर्मत तथा सम्भार गर्नुपर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट, ल्यूब्रिकेन्टमा २२ प्रतिशत छुट र लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

सर्भिस प्यकेजमा दर्ता भएमा यही सुविधा एक वर्षसम्म पाउन सकिने व्यवस्था कम्पनीले गरेको जनाएको छ । प्रि-सर्भिस बुकिङ गरी वर्कशप आउने तीन जना ग्राहकलाई र्स्माट फोन जित्ने अवसर पनि प्रदान गरेको कम्पनीले जनाएको छ । 

यस अवधिभरमा २००० भन्दा बढी गाडीको चेकअप गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्