२५ जेठ २०८३, सोमबार

नारायण खतिवडाको अर्को नयाँ गीत 'साचो प्रेम' सार्वजनिक [भिडियोसहित]

फागुन ११, २०८२
काठमाडौं
नारायण खतिवडाको अर्को नयाँ गीत 'साचो प्रेम' सार्वजनिक [भिडियोसहित]

नेपाली सांगितिक क्षेत्रले अर्को सन्देशमूलक गीत पाएको छ । गीतकार नारायण खतिवडाको अर्को एक नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । 

नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतले प्रेम स्वार्थको लागि अन्धाधुन्ध गाँसिएको साइनोजस्तो नभई भगवान राधाकृष्णको जस्तो हुनुपर्ने सन्देश दिएको छ । 

गीतका शब्दहरू पनि मर्मस्पर्शी रहेका छन् ।

गीतमा भनिएको छ-
साचो प्रेम अमर हुन्छ झुटो टिक्न सक्दैन,
सच्चा प्रेम ईश्वरको बरदान केहीले रोक्न सक्दैन

गीतमा सम्बन्धमा तीता-मीठा क्षणहरू आउँछन् तर, त्यसलाई आपसी सद्भाव, सहिष्णुता र धैर्यता कायम गर्नुपर्छ भन्ने सन्देश दिइएको छ । 

नमस्ते नेपाल डिजिटल स्टिडियोबाट सार्वजनिक भएको गीतको भिडियोमा अर्जुन कटुवाल र अविशा थापा मगरको मुख्य अभिनय रहेको छ । यसमा रिमेश अधिकारी  र मीरा फिकाको अभिनयले झनै रौनकता थपेको छ ।

गीतको मुख्य सन्देश रूखमुनिकै बास किन नहोस्,  साचो प्रेम र माया ममतामा सम्बन्ध टिकेको हुन्छ भन्ने छ । 

भिडियोमा एउटा दम्पतीलाई घरभाडा तिर्न नसकेर निकालेको र दम्पतीको रूखमुनिको बास भए पनि आपसमा खुशी भएको तर अर्कोतिर धन सम्पत्ति र सुखसयल भएता पनि परिवार छुटेको देखिन्छ ।

यसरी भिडियोले आपसमा सच्चा प्रेम भएमा सो सम्बन्ध खुशी र सुखी हुने सन्देश दिएको छ ।

यस्तो छ भिडियो

salt training

कमेन्ट गर्नुहोस्