२८ जेठ २०८३, बिहीबार

नेशनल लाइफले मनायो ३९ औं वार्षिकोत्सव

फागुन ११, २०८२
काठमाडौं
नेशनल लाइफले मनायो ३९ औं वार्षिकोत्सव

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३९ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ । 

कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन मुख्य भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक, सरोकारवाला तथा सबैप्रति आभार व्यक्त गरिन् ।

उनले सेवाग्राहीलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप कर्मचारीलाई प्रविधिमा थप दक्ष बनाउनेतर्फ विशेष ध्यान दिँदै आएको बताइन् ।

यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको उनले बताइन् । अध्यक्ष सिंहले यसप्रकारका तालिमलाई निरन्तरता दिइने उल्लेख गरिन् ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमितलगायत सरोकारवाला सबैको प्रत्यक्ष/अप्रत्यक्ष साथ र सद्‌भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

भविष्यमा पनि यसप्रकारको साथ सद्‌भाव प्राप्त रहने खत्रीले विश्वास व्यक्त गरे । उनले नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे ।

सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामग्री वितरणसहित त्यहाँ रहेका बालबालिकालाई खाना खुवाएको छ । साथै, रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रमजस्ता संस्थामा यसप्रकारका कार्यक्रम आयोजना गरिएको बताए । 

उनले कर्मचारीलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारीरिक तथा मानसिक रूपमा सबल र सक्षम बनाउने उद्देश्यले अन्तरकर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेबलटेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए ।

मनोरञ्जनात्मक प्रस्तुतिसहित भव्य रूपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष सिंहले विविध खेलकुदमा विजेता कर्मचारीलाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीलाई मायाको चिनो प्रदान गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्