०८ असार २०८३, सोमबार

एपस्टीन फाइल प्रकरण: अमेरिकाका लागि पूर्व बेलायती राजदूत पक्राउ

फागुन १२, २०८२
काठमाडौं
एपस्टीन फाइल प्रकरण: अमेरिकाका लागि पूर्व बेलायती राजदूत पक्राउ

अमेरिकाका लागि पूर्व बेलायती राजदूत तथा भूतपूर्व मन्त्री पिटर मेन्डलसनलाई लन्डन प्रहरीले पक्राउ गरेको छ।

 बहुचर्चित 'एपस्टीन फाइल' अनुसन्धानको सिलसिलामा ७२ वर्षीय मेन्डलसनलाई सोमबार उत्तर लन्डनको क्यामडेनबाट नियन्त्रणमा लिइएको हो। मेन्डलसनलाई पक्राउ गर्नुअघि प्रहरीले विल्टशायर र क्यामडेनका दुईवटा स्थानमा खानतलासी पुर्जी समेत जारी गरेको थियो।

मेट्रोपोलिटन प्रहरीका अनुसार, मेन्डलसनमाथि सरकारमा मन्त्री रहँदा बजारलाई प्रभाव पार्न सक्ने अत्यन्त संवेदनशील सरकारी जानकारीहरू कुख्यात यौन अपराधी जेफ्री एपस्टीनलाई उपलब्ध गराएको आरोप लागेको छ। प्रहरीले यसै महिनाको सुरुमा उनीविरुद्ध लागेका यी आरोपहरूको सुक्ष्म छानबिन सुरु गरेको थियो। हाल उनलाई प्रहरी कार्यालयमा राखी थप सोधपुछ र अनुसन्धान भइरहेको छ।

यो प्रकरणले बेलायती उच्च पदस्थ व्यक्तिहरूमाथि ठूलो संकट पैदा गरेको छ। यसअघि यही एपस्टीन फाइलसँग जोडिएको एउटा मुद्दामा बेलायतका पूर्व राजकुमार एन्ड्रयू माउन्टबेटनलाई पनि सार्वजनिक पदको दुरुपयोगको आरोपमा पक्राउ गरिएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्