०३ असार २०८३, बुधबार

प्रधानसेनापति सिग्देलले गरे पूर्वी र मध्य पूर्वी पृतनाअन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण भ्रमण

फागुन १३, २०८२
काठमाडौं
प्रधानसेनापति सिग्देलले गरे पूर्वी र मध्य पूर्वी पृतनाअन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण भ्रमण

प्रधानसेनापति अशोकराज सिग्देलले सुनसरीस्थित पूर्वी पृतना र बर्दिबासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षण भ्रमण गरेका छन् ।

उनले यही फागुन १२ गते मंगलबार उक्त क्षेत्रको निरीक्षण भ्रमण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए ।

तस्वीरहरू:

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्