१३ असार २०८३, शनिबार

चीनले भन्यो- इरानमाथिको आक्रमणले नागरिक सुरक्षाको सीमा नाघ्यो

फागुन १७, २०८२
काठमाडौं
चीनले भन्यो- इरानमाथिको आक्रमणले नागरिक सुरक्षाको सीमा नाघ्यो

 संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोङले इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सुरक्षाका लागि निर्धारण गरिएको सीमा नाघिएको बताएका छन्।

सम्बोधनका क्रममा उनले आक्रमणमा सर्वसाधारणको हताहती भएको खबरप्रति दुःख व्यक्त गर्दै सैन्य शक्तिको अन्धाधुन्ध प्रयोग अस्वीकार्य रहेको स्पष्ट पारे। उनले क्षेत्रमा तनाव थप बढ्न नदिन तथा अवस्था भयावह हुनबाट जोगाउन तत्काल सैन्य कारबाही रोक्न आग्रह गरेका छन्।

‘कुनै पनि सशस्त्र द्वन्द्वका बेला नागरिकको सुरक्षाका लागि निर्धारण गरिएको सीमा कुनै पनि अवस्थामा उल्लंघन गर्नु हुँदैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुन अन्तर्गतका दायित्व पूरा गर्नु सबै पक्षको जिम्मेवारी हो।’

उनले मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै सक्रिय पहल गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्