१४ असार २०८३, आइतबार
मध्यपूर्व तनाव

अमेरिका-इजरायली आक्रमणमा मारिए इरानका सर्वोच्च नेता : ४० दिने शोक घोषणा, सात दिन बिदा

फागुन १७, २०८२
काठमाडौं
अमेरिका-इजरायली आक्रमणमा मारिए इरानका सर्वोच्च नेता :  ४० दिने शोक घोषणा, सात दिन बिदा

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो । 

आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए।

यसबाहेक सात दिन सार्वजनिक बिदा पनि घोषणा गरिएको छ । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो । 

८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा आसिन थिए। खामेनेई सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रो सर्वोच्च नेता हुन् । सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उनी सर्वोच्च नेता बन्न पुगेका थिए।

खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको हो । विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनेईको कार्यालयको शक्तिले उनलाई देशको सर्वशक्तिमान व्यक्ति बनाएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए । 

अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको बताइएको छ । 

खमेनीले २०२४ मा आफ्नो दोस्रो छोरा, मोज्तबा खमेनीलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरेका थिए । खमेनीले बिरामीको कारणले यो निर्णय गरेका थिए, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन।

रिपोर्टहरूका अनुसार, इरानको विशेषज्ञ सभाले सेप्टेम्बर २६, २०२४ मा नयाँ सर्वोच्च नेताको चयन गरिसकेको थियो । खमेनी आफैंले गोप्य रूपमा उत्तराधिकारीको निर्णय गर्न सभाका ६० सदस्यहरूको बैठक बोलाएका थिए । सभाले मुज्तबाको नाममा सर्वसम्मतिले सहमति जनाएको थियो । अब, खमेनीको मृत्युको खबरसँगै, मुज्तबा सर्वोच्च नेताको पदको लागि दावेदारको रूपमा देखा पर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

अमेरिका र इजरायलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।

दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो। रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्