१२ साउन २०८३, मंगलबार

एमाले नेता पोखरेलले गरे मतदान

फागुन २१, २०८२
काठमाडौं
एमाले नेता पोखरेलले गरे मतदान

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उनले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए ।

उनले देशमा उत्पन्न विषम परिस्थितिका बीच भइरहेको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अभिमत जाहेर गर्न आग्रह गरे ।

उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबाट उम्मेदवार समेत छन् ।

salt training

कमेन्ट गर्नुहोस्