२६ असार २०८३, शुक्रबार

रञ्जु दर्शनालाई बधाई दिँदै रवीन्द्र मिश्रले भने- भ्रष्टाचार नियन्त्रण र रुपान्तरणप्रतिको इमान सधैं कायम रहोस्

फागुन २२, २०८२
काठमाडौं
रञ्जु दर्शनालाई बधाई दिँदै रवीन्द्र मिश्रले भने- भ्रष्टाचार नियन्त्रण र रुपान्तरणप्रतिको इमान सधैं कायम रहोस्

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रवीन्द्र मिश्रले विजयी बनेकी रञ्जु न्यौपाने 'दर्शना'लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

काठमाडौं १ मा लगातार तेस्रो पराजय व्यहोरेपछि मिश्रले शुक्रबार शुभकामना दिँदै भ्रष्टाचार नियन्त्रण, सुशासन र रुपान्तरणप्रतिको इमान र दृढता कायम राख्न आग्रह गरेका छन् ।

'प्रिय रञ्जु दर्शना जी,​​ संभवत मैले १०/११ वर्षअघि तपाईंको यही फोटो भएको लेख शेयर गर्दै तपाईंको प्रशंसा र तपाईंप्रति आशा व्यक्त गरेको थिएँ,' उनले लेखेका छन्, 'आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रुपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस् ।' ​

दर्शना १४ हजार ५ सय ५५ मत प्राप्त गर्दै निर्वाचित बन्दा तेस्रो स्थानमा खुम्चिएका मिश्रले ३ हजार ७ सय ५४ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्