
काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेलले २१ हजार ८९३ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले ६ हजार ६७५ प्राप्त गर्दा नेकपा एमालेका ईश्वर पोखरेलले ३ हजार ३०४ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापाले १ हजार ३१६ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ९०३ मत प्राप्त गरेका छन् ।
यस्तै गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारीले ५९ मत प्राप्त गरेकी छिन् ।
यस्तै, स्वतन्त्र उम्मेदवारहरू रमिता सापकोटाले ४, प्रभा श्रेष्ठले २ र ढकबहादुर कार्कीले १ मत प्राप्त गरेका छन् ।