०३ असार २०८३, बुधबार

नगरप्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

फागुन २५, २०८२
झापा
नगरप्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही पालिकाको वडा नम्बर ५ निवासी ३४ वर्षीय भीष्म सिटौला छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज एवं दुर्व्यवहार गरेका थिए ।

पक्राउ परेका आरोपी सिटौलालाई आज जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकोमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्