
मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो ।
सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।