
रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा यससँग सम्बन्धित तीनवटा रिटको एकसाथ सुनुवाइ भएको छ ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफल (पौडेल), वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीलगायत छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
यी मुद्दामा बुधबार न्यायाधीशद्वय मल्ल र पौडेलको इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिए पनि आदेश भने आउन बाँकी छ ।