०७ असार २०८३, आइतबार

बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका, टाटा मोटर्सको ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प

फागुन २८, २०८२
काठमाडौं
बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका, टाटा मोटर्सको ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । 

‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो ईभी घर लैजान सक्नेछन् । 

यो विशेष क्याम्पेन मार्च १३, १४ र १५ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस अफरमा ग्राहकले केवल ४ लाख ९९ हजार रूपैयाँ डाउनपेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् । 

त्यसैगरी, ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत् आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ । 

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने कम्पनीको विश्वास छ । 

इच्छुक ग्राहकले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरूममा पुगेर मार्च १३, १४ र १५ का दिन उक्त अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्