२९ जेठ २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना

विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् पूर्ण बैंकिङ सेवा प्रदान हुने
फागुन २८, २०८२
काठमाडौं
ग्लोबल आईएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना

ग्लोबल आईएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना गरेको छ ।

बिहीबार बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक उद्‌घाटन गरे । 

नेपालमै पहिलो पटक शुरू गरिएको यस विभागमार्फत् बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ । 

बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैंकिङ सेवा जस्तै; बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवा प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवा उपलब्ध गराउने छ । 

विदेशमा रहेका नेपालीलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकलाई ग्राहक सेवा  नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवा उपलब्ध गराउने छ ।

विभिन्न देशमा रहेका नेपालीको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ । 

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आईएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले दुई दशकमा विश्वव्यापी रूपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाको विकास तथा विभिन्न १० भन्दा बढी देशमा रहेका बैंकका कर्मचारीमार्फत् बैंकिङ सेवा प्राथमिकतामा प्रदान गर्दै आएको जनाएको छ ।

विदेशमा रहेका ग्राहकले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको जनाएको छ । 

null

विभागको औपचारिक उद्घाटन गर्दै ढकालले रोजगारी तथा अन्य कामको सिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्त्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाले विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए । 

‘यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत् ग्लोबल आईएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकलाई उहाँहरूको आवश्यकता अनुरूप पूर्ण बैंकिङ सेवा प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत् उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्‍याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रूपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने यो हाम्रो महत्त्वपूर्ण प्रयास हो’, उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पनि यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए । 

‘यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत् ग्लोबल आईएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरूको आवश्यकता तथा चाहनालाई पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ’, उनले भने । 

उनले यस पहलसँगै ग्लोबल आईएमई बैंक विदेशमा रहेका नेपाली नागरिकसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताए । 

बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । 

विभागको कार्यालय ग्लोबल आईएमई बैंकको काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहनेछ । साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभागमा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् । 

null

बैंकको प्रत्यक्ष टेलिफोन नम्बरहरु ९७७–०१४५४४५१५, ९७७–०१४५३८१०५/०७, इमेल ठेगाना [email protected] र ह्वाट्सएप वा भाइबर नम्बर ९७७–९८५११९९६४० मार्फत ग्राहकले सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ । 

बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ। बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटीएम बुथ, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्