
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत उनीहरूलाई बधाई तथा शुभकामना दिँदै जनतालाई निराश बन्न नदिन आग्रह गरेका छन् ।
साथै उनले राप्रपा सदैव सकारात्मक प्रतिपक्षको भूमिकामा रहने पनि जानकारी गराएका छन् ।
'२०८२ को आम निर्वाचनमा अभूतपूर्व विजय प्राप्त गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाहलाई हार्दिक बधाई तथा शुभकामना,' उनले भनेका छन्, 'जनतालाई निराश बन्न नदिनुहोला । राप्रपा सदैव सकारात्मक प्रतिपक्षको भूमिकामा हुनेछ।'