
हेटौंडा-नारायणगढ सडकअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनरका चालकको मृत्यु भएको छ ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख ९९२३ नम्बरको कन्टेनर र हेटौंडाबाट चितवन जाँदै गरेको बा प्र ०३–००१ ख ०३९८ नम्बरको ट्रक आज एकापसमा ठोक्किएका थिए ।
घाइते भएका कन्टेनरका चालक चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरीलाई स्थानीयले उद्धार गरी हेटौंडाको सीएमसी चुरेहिल अस्पताल पुर्याएका थिए ।
चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ट्रक चालक चितवनको खैरहनी नगरपालिका–९ का ४२ वर्षीय धनेस्वर चौधरीलाई नियन्त्रणमा लिएको छ ।