३० जेठ २०८३, शनिबार

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

जेठ २२, २०८३
काठमाडौं
सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी र साईमेक्स बीवाडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)बीच दीर्घकालीन सहकार्य भएको छ । 

विश्व वातावरण दिवसको अवसरमा उनीहरूले हिमाली पारिस्थितिक प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेका हुन् ।

‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका हुन् ।​

बीवाइडीको 'कुल द अर्थ बाई १° सेल्सियस' अवधारणाबाट प्रेरित भई सीबीसीएफले सन् २०२५ देखि एसपीसीसी सँग सहकार्य शुरू गरेको थियो ।

यस सहकार्यको उद्देश्य सगरमाथा र खुम्बु क्षेत्रले सामना गरिरहेका वातावरणीय चुनौतीहरू समाधानका लागि नवीन तथा दीर्घकालीन उपायहरू विकास गर्नु रहेको उनीहरूले बताएका छन् ।

पछिल्ला दशकहरूमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब परेको छ ।

विभिन्न अध्ययनहरू अनुसार हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर बाँकी रहेको अनुमान छ ।

यसले हिमनदी, जलस्रोत तथा स्थानीय समुदायमाथि प्रत्यक्ष असर पारिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्