विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर चुनावमा गएको नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न सकेन ।
चुनावमा पार्टी पराजयपछि विशेष महाधिवेशनको औचित्य सकिएको भन्ने खालका टिप्पणी कांग्रेसको इतर समूहबाट आइरहेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवानिकट कतिपय नेताले सभापति गगन थापा लगायतले ‘पार्टी क्याप्चर’ गरेका कारण चुनावमा कांग्रेसले लज्जास्पद पराजय व्यहोर्नुपरेको आरोप लगाइरहेका छन् ।
तर, महामन्त्री गुरूराज घिमिरे भने गगन थापाकै नेतृत्वमा पार्टी चुनावमा गएकाले कांग्रेसको अस्तित्व जोगिएको दाबी गर्छन् । विगतको नेतृत्वले गरेको गलत कामको अपजस आफूहरूले बोक्नुपरेको उनको तर्क छ ।
लोकान्तर डट्कमसँग भिडियो संवाद गर्दै महामन्त्री घिमिरेले पूर्वसभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतबाट चुनावमा असहयोग भएको बताए ।
चुनावको नतिजा जस्तो आए पनि विशेष महाधिवेशनको औचित्य पुष्टि भएको र फेरि पनि अहिलेकै नेतृत्व निरन्तर रहने उनले बताए ।
शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा गएको भए नतिजा कस्तो आउँथ्यो ?
पार्टी पराजयको जिम्मा लिँदै सभापति गगन थापाले नेतृत्व छाड्न लागेका हुन् ?
अब नियमित महाधिवेशनपछि कांग्रेसको सभापति को ?
यी लगायत समसामयिक विषयमा कांग्रेस महामन्त्री घिमिरेसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा: