१६ असार २०८३, मंगलबार

दलहरूले पेस गरेको समानुपातिक सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

चैत १, २०८२
काठमाडौं
दलहरूले पेस गरेको समानुपातिक सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । 

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लस्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ । 

यसैगरी, कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिवादी)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार/चार उम्मेदवारको सूची क्लस्टर मिलाएर आइतबार पेस गरेको थियो ।

क्लस्टर अनुसार सूची मिले नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । 

दलहरूले क्लस्टरअनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभए सोमबार नै निर्वाचितको सूची सार्वजनिक गरिने जिसीले बताए । 

दलहरूले क्लस्टरअनुसार बुझाएको सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा तीन दिनसम्म समय लाग्न सक्ने छ ।     

salt training

कमेन्ट गर्नुहोस्