१० साउन २०८३, आइतबार

नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : सुजाता कोइराला

चैत २, २०८२
काठमाडौं
नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : सुजाता कोइराला

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताएकी छिन् ।​ 

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताएकी हुन् ।

नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औंल्याइन् ।

उनले कांग्रेस सभापति गगन थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताइन् ।​

नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्