१४ असार २०८३, आइतबार

भारतद्वारा होर्मुज जलमार्ग नजिक दुई युद्धपोत तैनाथ, एलपीजी बोकेको पहिलो जहाज सुरक्षित रूपमा गुजरात आइपुग्यो

चैत ३, २०८२
काठमाडौं
भारतद्वारा होर्मुज जलमार्ग नजिक दुई युद्धपोत तैनाथ, एलपीजी बोकेको पहिलो जहाज सुरक्षित रूपमा गुजरात आइपुग्यो

 अमेरिका-इजरायल र इरानबीच चलिरहेको युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गएपछि भारतले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नजिक आफ्ना दुई नौसैनिक युद्धपोत तैनाथ गरेको छ। 

ऊर्जा आपूर्ति मार्ग र समुद्री व्यापारलाई सुरक्षित राख्ने उद्देश्यले भारतले यो कदम चालेको समाचारमा जनाइएको छ। यसैबीच, युद्धको त्रासका बाबजुद एलपीजी (खाना पकाउने ग्यास) बोकेको पहिलो भारतीय पानीजहाज 'शिवालिक' सोमबार साँझ सुरक्षित रूपमा गुजरातको मुन्द्रा बन्दरगाहमा आइपुगेको छ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, भारतीय नौसेनाको 'टास्क फोर्स'का रूपमा तैनाथ यी युद्धपोतले तेल र ग्यास लिएर मध्यपूर्वबाट भारत आउने व्यापारिक जहाज र ट्याङ्करहरूलाई सुरक्षा प्रदान गर्नेछन्। आवश्यकता परेको खण्डमा ती व्यापारिक जहाजहरूलाई हरसम्भव सहायता समेत उपलब्ध गराइनेछ।

सोमबार साँझ ५ बजे कतारबाट मुन्द्रा बन्दरगाह पुगेको 'शिवालिक' जहाजले करिब ४६ हजार मेट्रिक टन एलपीजी ल्याएको छ । जुन लगभग ३२ लाख ४० हजार वटा घरायसी ग्यास सिलिन्डर बराबर हुन आउँछ। गत मार्च १४ मा होर्मुज जलमार्ग पार गरेको यो जहाज मध्यपूर्वमा द्वन्द्व चर्किएयता भारत पुग्ने पहिलो ग्यास क्यारियर हो। 

भारतको सिपिङ मन्त्रालयका अनुसार थप दुई पानीजहाजहरू भारततर्फ आइरहेका छन्। ४६ हजार टन एलपीजी बोकेको नन्दा देवी र करिब ८१ हजार टन मुरबान कच्चा तेल बोकेको जग लाड्की नामक जहाज भोलिसम्ममा मुन्द्रा बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्