०३ असार २०८३, बुधबार

जेनजी आन्दोलनको मौकामा सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ

चैत ३, २०८२
काठमाडौं
जेनजी आन्दोलनको मौकामा सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल, सुन्धाराबाट भागेका एक कैदी पक्राउ परेका छन् ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका काठमाडौं महानगरपालिका-२५ घर भई हाल तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने ३५ वर्षीय मनिषराज श्रेष्ठ पक्राउ परेका हुन् ।

उनी जनेजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका थिए ।

श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चैत २ गते सोमबार राति ठमेलबाट पक्राउ गरेको थियो ।

लागूऔषध मुद्दामा १० वर्ष कैद सजाय कायम भई उनी गत असार २२ गतेदेखि कारागार कैद भुक्तान गरिरहेका थिए । 

उनलाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा पेस गरिएको सीआईबीका प्रवक्ता, एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् । 
 
 

salt training

कमेन्ट गर्नुहोस्