१६ असार २०८३, मंगलबार

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा याङ्गो चालक पक्राउ

चैत ३, २०८२
काठमाडौं
महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा याङ्गो चालक पक्राउ

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उनी राइड सेयरिङ एप याङ्गोका चालक रहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७, चाबहिल घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने ४३ वर्षीय कुमार श्रेष्ठ रहेका छन् । 

श्रेष्ठले आफूलाई गालीगलौज गरि अपशब्द समेत प्रयोग गरेको भन्दै जिनिता कार्कीले  प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई यही चैत १ गते टेकुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्