२८ जेठ २०८३, बिहीबार

राष्ट्रिय महिला लिगमा बागमती युथ क्लबको प्रतिस्पर्धात्मक जीत

चैत ५, २०८२
काठमाडौं
राष्ट्रिय महिला लिगमा बागमती युथ क्लबको प्रतिस्पर्धात्मक जीत

शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा बागमती युथ क्लबले जीत हासिल गरेको छ ।

ललितपुरस्थित च्यासल स्टेडियममा सम्पन्न खेलमा बागमती युथ क्लबले आर.एस. रिसोर्ट एन्ड बिच फुटबलमाथि ५–४ गोलको प्रतिस्पर्धात्मक जीत हासिल गर्‍यो ।

विजयी टोलीका लागि अस्मिता मगर र दीक्षा रनपालले दुई–दुई गोलको योगदान गरे । अर्को एक गोल भने प्रजिता राईले गरेकी थिइन् ।

अस्मिताले निर्धारित समयको नवौँ र ७०औँ तथा दीक्षाले ६०औँ र ७६औँ मिनेटमा गोल गरे । प्रतिजाले भने निर्धारित समयको ५२औँ मिनेटमा गोल गरेकी थिइन् ।

यसैगरी, पराजित टोलीका लागि गीता श्रेष्ठले दुई गोल गरिन् । उनले निर्धारित समयको सातौँ र ८३औँ मिनेटमा गोल गरेकी हुन् ।

यसका अतिरिक्त, तुलसी कुमार वलीले ४८औँ र वर्षा कुँवरले ६८औँ मिनेटमा थप एक–एक गोल गरेका थिए ।

प्रतियोगितामा संकटा क्लब, न्यू रोड टिम (एनआरटी), सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती युथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, झाप फुटबल क्लब र आर. एस. रिसोर्ट एन्ड बिच फुटबलको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरु च्यासल फुटबल मैदानका अतिरिक्त, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेलाइने एन्फाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्