०१ असार २०८३, सोमबार

ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर बेच्ने गिरोह पक्राउ

चैत ६, २०८२
काठमाडौं
ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर  बेच्ने गिरोह पक्राउ

 ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उक्त गिरोहलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी तथा किर्तेसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-२ घर भई हाल ललितपुर महालक्ष्मी-५ टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका स्थायी बासिन्दा भई हाल काठमाडौँ महानगरपालिका-२३ नरेफाँट बस्ने २९ वर्षीय भिमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका-९ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय सञ्जिवकुमार कुसवाहा रहेका छन् ।

प्रहरीले उनीहरूका साथबाट चोरीका विभिन्न मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकलमा केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चार थान रहेका छन् । साथै तीन थान ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्