२५ जेठ २०८३, सोमबार

पाँडे र जिग्री बिना ‘विजोग रमाइलो’ टेलिसिरियलको तयारी

चैत ६, २०८२
काठमाडौं
पाँडे र जिग्री बिना ‘विजोग रमाइलो’ टेलिसिरियलको तयारी

लोकप्रिय हास्य टेलिसिरियल सक्किगोनिका कलाकारहरूको समूहले नयाँ प्रोजेक्टको रूपमा ‘विजोग रमाइलो’ नामक सिरियल ल्याउने घोषणा गरेका छन्। यस नयाँ सिरियलमार्फत पुरानै टिमका धेरै कलाकार फेरि एकै ठाउँमा देखिने भएका छन्।

शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा सागर लम्साल लगायत अधिकांश परिचित अनुहार देखिए पनि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) भने छैनन् । 

‘विजोग रमाइलो’ शीर्षक पनि बबिन राईले निभाएको ‘गल्फने बाजे’ पात्रको चर्चित संवादबाट प्रेरित भएको देखिन्छ। नयाँ सिरियलको लेखन तथा निर्देशन हरिश निरौला ले गर्नेछन्।

निर्माता टोलीका अनुसार यो सिरियल कमेडी विधामा आधारित हुनेछ र समसामयिक सामाजिक विषयवस्तु समेट्नेछ। साथै कमलमणी नेपाल, दीपक आचार्य, सुबोध गौतम, गोविन्द कोइराला, सुरक्षा इटानी, भावना आचार्य, सुस्मिता कुवँर लगायतका कलाकारको अभिनय रहने बताइएको छ।

निर्देशक निरौलाले केही दिनभित्रै सिरियलको प्रसारण समय, मञ्च तथा अन्य विवरण सार्वजनिक गरिने जानकारी दिए।

यसैबीच, एक समय अत्यन्त लोकप्रिय रहेको सक्किगोनि झण्डै एक वर्षदेखि प्रसारणमा नआएको अवस्था छ। नयाँ सिरियलले त्यही खालीपन पूरा गर्ने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्