१९ असार २०८३, शुक्रबार

पुराना दलमा नेतृत्व, विचार र संगठनको पुनर्गठन नभए सामूहिक मलामी जाने दिन आउँछ : पाण्डे

चैत ७, २०८२
बुटवल
पुराना दलमा नेतृत्व, विचार र संगठनको पुनर्गठन नभए सामूहिक मलामी जाने दिन आउँछ : पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको राजनीतिक संगठन र पार्टी अब पुरानो ढर्राबाट चल्न नसक्ने बताएका छन् ।

पुराना दलहरूमा नेतृत्व, विचार र संगठनको पुनर्गठन गरी सच्चिने अठोट नगरे सामूहिक मलामी जाने दिन आउने दाबी गरे ।

चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको 'नेपाली राजनीति र अबको परिदृश्य' विषयक कार्यक्रममा नेता पाण्डेले विगतका गल्ती सच्याउँदै रूपान्तरणको बाटो नलिए सकिने समय टाढा नभएको दाबी गरे ।

‘२०७४ मा दिग्विजय भयो भनिएको हो, सुधारिन नसक्दा पछारिँदै यहाँसम्म आइपुगियो,’ पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘समाजमा एउटा कमेन्ट रहेछ, त्यसलाई मलाई सधैं घोच्छ । कुनै बेला कम्युनिस्टहरू (एमाले) तीन/चार वटा बसमा आउँथे रे । २०७९ मा आउँदा एउटा बसमा मात्र आउने भए रे । अहिले एउटा माइक्रो बसमा आउने भएका छन् । अर्को पटक स्कुटीमा आउँछ रे भन्ने छ/रहेछ,’ पाण्डेले थपे, ‘अब पनि ठीक बाटो नलिए भक्तपुरमा नारायणमान बिजुक्छेले सधैं चढ्दै आएको स्कुटी पनि खोसिएजस्तै स्थितिमा पुग्दै छौं ।’

अबको राजनीति डिजिटलमा स्मार्ट रहेकाहरूको भएको पाण्डेको भनाइ छ । 'कुनै बेला फिजिकल बेस राजनीतिक संगठन थियो, त्यसमा हामी सफल थियौं । अब डिजिटल अर्गनाइजेसनमा अवस्थामा आइपुग्यो,' उनले भने ।

अब बन्ने नयाँ सरकारले घमण्ड र महत्वकांक्षा राखे २०७४ मा नेकपा बजारिएजस्तै हुनसक्ने उनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्