१० असार २०८३, बुधबार

के इरानी क्षेप्यास्त्रले डिएगो गार्सियासम्म प्रहार गर्न सक्छ ?

चैत ७, २०८२
काठमाडौं
के इरानी क्षेप्यास्त्रले डिएगो गार्सियासम्म प्रहार गर्न सक्छ ?

इरानसँग हिन्द महासागरमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण सैन्य आधार शिविर 'डिएगो गार्सिया' सम्म पुग्न सक्ने क्षमताको क्षेप्यास्त्र छ कि छैन भन्ने विषयमा अझै पनि सैन्य विज्ञहरू र विश्लेषकहरूका बीच अन्योल देखिएको छ।

बेलायती सैन्य आधार शिविर डिएगो गार्सिया जुन अमेरिकी वायुसेनाले आफ्ना लामो दुरीका बमवर्षक विमानहरूका लागि प्रयोग गर्दै आएको छ । यो इरानबाट करिब ३,८०० किलोमिटरको दुरीमा अवस्थित छ।

अहिलेसम्मको जानकारी अनुसार इरानसँग २,००० किलोमिटरको दायरा सम्म प्रहार गर्न सक्ने मध्यम दुरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू रहेको विश्वास गरिन्छ। यो दुरी डिएगो गार्सियालाई निशाना बनाउन पर्याप्त छैन। यद्यपि, केही सैन्य विश्लेषकहरूले इरानको 'खोर्रमशहर' क्षेप्यास्त्रको मारक क्षमता त्योभन्दा बढी हुन सक्ने आशंका व्यक्त गरेका छन्।
इजरायलको 'अल्मा रिसर्च एण्ड एजुकेशन सेन्टर' का अनुसार खोर्रमशहर क्षेप्यास्त्रले ३,००० किलोमिटरको दुरीसम्म मार हान्न सक्छ। यो क्षेप्यास्त्र उत्तर कोरियाली मध्यम दुरीको क्षेप्यास्त्र प्रविधिमा आधारित भएर विकास गरिएको मानिन्छ।

इरानको लामो दुरीका क्षेप्यास्त्र उत्पादन गर्ने क्षमतालाई लक्षित गरी अमेरिका र इजरायलले गत वर्ष इरानको आणविक कार्यक्रमसँगै विभिन्न आक्रमणहरू गरेका थिए। हाल इरानसँग बाँकी रहेका अधिकांश क्षेप्यास्त्रहरू छोटो दुरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू भएको दाबी गरिएको छ । जसलाई इरानले पछिल्लो समय इजरायल र छिमेकी खाडी मुलुकहरू विरुद्ध प्रयोग गर्दै आएको छ।


 

salt training

कमेन्ट गर्नुहोस्