
एचडीपी पाइप उत्पादक संघले विश्वव्यापी आपूर्ति अस्थिरता र मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेलको आपूर्तिमा समस्या आउँदा एचडीपी पाइपको मूल्य बढेको जनाएको छ।
३०/४० प्रतिशत अस्वाभाविक मूल्यवृद्धि गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले कच्चा पदार्थ (एचडीपी ग्रानुयल्स) कै मूल्य करिब ६२ प्रतिशतसम्म बढेकाले लागत वृद्धि हुनु स्वाभाविक रहेको स्पष्ट पारेको छ।
संघका अनुसार कच्चा पदार्थ आयातमा अवरोध हुँदा केही उद्योगमा मौज्दात शून्य भइसकेको र केही बन्द हुने अवस्थामा पुगेका छन् ।
यस्तो परिस्थितिमा विभिन्न सम्झौताका मूल्य तथा समयसीमा आपसी समझदारीमा समायोजन गर्न, बैंक तथा वित्तीय संस्थालाई लचकता अपनाउन तथा सरोकारवालालाई धैर्यता राख्न अपिल गरिएको छ।
साथै, परिस्थितिको दुरुपयोग गरी अस्वाभाविक मूल्यवृद्धि गर्नेहरूमाथि कानूनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।
यस्तो छ विज्ञप्ति :