
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका ४ का २८ वर्षीय चेतबहादुर रम्तेल छन् । उनलाई प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईका अनुसार उनको साथबाट प्रहरीले खैरोहेरोइन जस्तो देखिने पदार्थ २.३८ ग्राम, नगद ७७ हजार, मोबाइल २ थान र डिजिटल तराजुसमेत बरामद गरेको छ ।
पक्राउ परेका रम्तेल यसअघि पनि लागुऔषध कसुरमा नै कारागार चलान भएका थिए ।
प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको एसपी भट्टराईले जानकारी दिए ।
