२५ जेठ २०८३, सोमबार
चक्रपथ विस्तारको तेस्रो खण्ड

भव्य बन्यो महाराजगञ्जदेखि चप्पलकारखानासम्मको सडक, चैत महिनाभित्रै सकिनेछ काम [भिडियो]

चैत ९, २०८२
काठमाडौं

महाराजगञ्ज–धोबीखोला सडक विस्तारको काम अन्तिम  चरणमा पुगेको छ । यस खण्डको पहिलो चरणअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पलकारखानासम्मको सडक विस्तार अन्तिम अन्तिम चरणमा पुगेको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले विस्तार गरिरहेको यो खण्डको काम यही चैत मसान्तभित्रै सम्पन्न गर्ने तयारी छ । अहिलेसम्म ८४ प्रतिशतसम्म काम सम्पन्न भइसकेको डिभिजन कार्यालयले जनाएको छ । 

राजधानीको अत्यधिक व्यस्त चक्रपथको पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्म पूर्ण रूपमा काम सम्पन्न भइसकेको छ । सो काम चीन सरकारको अनुदान सहयोगमा भएको हो ।

दोस्रो खण्ड कलंकीदेखि महाराजगञ्जसम्म पनि चीनको अनुदान सहयोगमा स्तरोन्नति हुँदैछ । तेस्रो खण्ड महाराजगञ्ज–कोटेश्वर भने नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरिरहेको छ । 

यही तेस्रो खण्डअन्तर्गत महाराजगञ्जदेखि धोबीखोलासम्मको विस्तार सडक डिभिजन कार्यालय काठमाडौंले गरिरहेको हो । यस खण्डमा पनि पहिलो चरणमा नारायणगोपालचोकदेखि चप्पलकारखानासम्मको ७०० मिटर सडक विस्तार भइरहेको छ । 

एक वर्षअघि २०८१ फागुनमा एमएस अम्बुजाकाली एसके जेभीसँग सम्झौता भएको थियो । त्यसपछि २०८२ असोजसम्मका लागि म्याद थप गरियो । असोजमा पनि काम सम्पन्न नभएपछि २०८२ फागुन १५ सम्म सम्पन्न गर्ने गरी म्याद थप भयो । अब चैत महिनाभित्रै काम सम्पन्न हुने कार्यालयले जनाएको छ । 

पहिलो चरणमा यो खण्डको काम सम्पन्न भइसकेपछि दोस्रो चरणमा चप्पलकारखानादेखि धोबीखोलासम्म विस्तारको काम अगाडि बढाइनेछ । चप्पल कारखानादेखि धोबीखोलासम्म करिब ९०० मिटर सडक खण्ड विस्तार गरिने छ ।

अहिले काम भइरहेको खण्डको पूरै साइट क्लियर नभएकाले साइट क्लियर भएको खण्डबाट विस्तार अघि बढाइएको हो ।  कोटेश्वर–कलंकी सडक जसरी विस्तार गरिएको छ, त्यही स्ट्यान्डर्डमा यो खण्ड विस्तार भइरहेको छ । र, बाँकी खण्ड पनि सोही स्ट्यान्डर्डमा विस्तार गरिनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्