२६ जेठ २०८३, मंगलबार
बालेन क्याबिनेट

चर्चित डाक्टरलाई सरप्राइज दिँदै नर्स बनिन् स्वास्थ्य मन्त्री !

चैत १३, २०८२
काठमाडौं
चर्चित डाक्टरलाई सरप्राइज दिँदै नर्स बनिन् स्वास्थ्य मन्त्री !

बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा चर्चित डाक्टरलाई सरप्राइज दिँदै नर्स स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी  छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहता सिंह स्वास्थ्यमन्त्री बन्ने भएकी हुन् ।

उनी यसअघि विराट मेडिकल कलेज विराटनगरमा नर्स थिइन् । 

उनका श्रीमान डा. सरोज सिंह नेपाल प्रहरी अस्पतालमा डेन्टल तर्फका चिकित्सक हुन् । 

यस अघि स्वास्थ्य मन्त्रीमा पूर्वराज्यमन्त्रीसमेत रहेकी डा. तोशिमा कार्कीदेखि डा. लेखजंग थापासम्मको चर्चा भएको थियो ।

तर, सबैलाई सरप्राइज दिँदै निशा स्वास्थ्य मन्त्री बन्न लागेकी हुन् ।

उनी सुनसरी इनरुवाकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्